Aadarsh-Daily

स्कर्पियो ठक्करबाट ठोरी सडकखण्डमा एक बालकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

ad-4p

वीरगञ्ज । हुलाकी राजमार्ग अन्र्तगत वीरगञ्ज–ठोरी सडकखण्डमा गाडीको ठक्करबाट १ बालकको ज्यान गएको छ । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ बिजयबस्ती निवासी १३ वर्षीय विश्वास श्रेष्ठको ज्यान गएको हो ।

content ad p2
content left

प्रदेश नं १–०२६–०३०३ नम्बरको स्कारपियोले बिहान ८ बजे ठक्कर दिँदा गम्भीर घाइते उनलाई उपचारका लागि वीरगञ्जस्थित तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा ल्याइएको थियो । उपचारको क्रममा बिहान सवा १० बजे उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

स्कारपियोसहित चितवनको माडी नगरपालिका वडा नम्बर ३ निवासी चालक पदम बिलास पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटनास्थल जाँच मुचुल्कालगायतका अनुसन्धानसँगै शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily