Aadarsh-Daily

राष्ट्रपति निर्वाचन : आज अन्तिम मतदाता नामावली प्रकाशित हुँदै

ad-4p

वीरगञ्ज, १२ फागुन । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि शुक्रबार मतदाताहरुको अन्तिम नामावली सूची प्रकाशित हुँदैछ ।

content ad p2

मतदाता नामावलीमा दाबी विरोध, उजुरी र छानविन पछि शुक्रबार अन्तिम नामावली सूची प्रकाशित गर्न लागेको हो ।

content left

संघीय संसद र प्रदेश सभाका सदस्यहरु मतदाता रहने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८ सय ८१ मतदाता रहेका छन् ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ । अन्य चारवटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ ।

प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयल शुक्रबार मध्यान्ह १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार भोलि (शनिबार) उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily