Aadarsh-Daily

वीरगञ्जको मेनरोडको दायाँबायाँ २५/२५ मिटर तीन महीना सम्म नटुटने ठोकुवा

ad-4p

वीरगञ्ज १६ फागुन । वीरगञ्जको मेनरोडको दायाँबायाँ २५/२५ मिटर क्षेत्रको अतिक्रमण हटाउनुपर्ने सडक विभागले पहल गर्दा सोविरुद्धमा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा सोमबार पनि पेसी सरेको छ ।

content ad p2

पछिल्लो तीन वर्षदेखि वीरगञ्जको मेनरोड अतिक्रमण सडक विभागले हटाउने सूचना जारी गरेपछि मेनरोडवासीहरूले सोविरुद्ध सङ्घर्ष समिति बनाएर सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सडक विभागले विगत तीस वर्षदेखि वीरगञ्जको मेनरोडको अतिक्रमण हटाउने भनेर सूचना जारी गरेको तर अहिलेसम्म हटाउन सकेको छैन ।

पछिल्लो समयमा अन्तिमपटक सूचना भनेर ३५ दिने सूचना जारी गरेको सडक विभागविरुद्ध मेनरोडका बासिन्दाहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

content left

अहिलेसम्म सो मुद्दाको पेसी हुन सकेको छैन । कैयौंपटक पेसी सूचीमा चढे पनि समय अभाव भन्दै पेसी सर्दै आएको छ ।

सोमबारको पेसी फेरि तीन महीनाको लागि सरेको छ । योसमेत गरी पछिल्लो तीन वर्षमा १७ चोटि पेसी सर्दै आएको छ ।

जेठ ३१ गतेका लागि पेसी सरेको स्रोतले जनाएको छ । अतिक्रमण हटाउन सडक विभागको अभियानमा वीरगञ्ज महानगरपालिकाले पनि पछिल्लो समय हातेमालो गर्ने अभिप्राय देखाएको छ ।

महानगर पनि सर्वोच्चको आदेशको बाटो कुरेर बसेको छ । नगरप्रमुख राजेश सिंहले पनि सर्वोच्चको आदेश भएमा मूल सडकको अतिक्रमण हटाउने बारम्बार उद्घोष गर्दै आएका छन् ।

वीरगञ्जको गण्डकदेखि घण्टाघरसम्म मेनरोडको पूर्वतर्फ २५ मिटर अतिक्रमणमा परेको छ भने पश्चिमतर्फ कम अतिक्रमणमा परेको छ । घण्टाघरदेखि भन्सारसम्म भने पूर्व–पश्चिम दुवैतर्फ २५ मिटर अतिक्रमणमा छ ।

 

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily