Aadarsh-Daily

नारायणी अस्पतालमा अख्तियारकाे छापा

ad-4p

वीरगन्ज

content ad p2

अख्तियार दुरुपयोग अनुसन्धानले वीरगन्जको नारायणी अस्पतालमा जडान भइरहेको एमआरआई सहित विभिन्न मेसिन निरीक्षण गर्दै छानबिनका लागि फाइल नियन्त्रणमा लिएको छ।

बुधबार अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंबाट वीरगन्ज आएको टोलीले नारायणी अस्पतालमा जडान भइरहेको एमआरआइ मेसिन निरीक्षण गर्नुका साथै सम्बन्धित फाइल लगेको छ।

content left

अस्पतालमा बिरामीको परीक्षण तथा उपचारका लागि खरिद गरिएको मेसिनरी सामानबारे परेको उजुरीका आधारमा छानबिन गर्न फाइल लिन अख्तियारको टोली आएको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी दिए।

उनले ईको, एक्सरे र पिएसटी मेसिनबारे अख्तियारले छानबिनका लागि फाइल मागको बताए।

‘अख्तियारको टोलीले अस्पतालमा खरिद भएको मेसिनबारे फाइल मागेको थियो, त्यही हामीले उपलब्ध गरायाैँ,’ उनले भने।

यसैबीच, अख्तियारकै टोलीले केही समयअघि मात्रै चीनबाट खरिद गरी ल्याइएको एमआरआई मेसिनसमेत निरीक्षण गरेको थियो।

नारायणी अस्पतालमा अहिले एमआरआई मेसिन धमाधम जडान गर्ने कार्य भइरहेको छ। उक्त मेसिन १५ दिनअघि मात्रै अस्पतालमा आइपुुगेको हो।साभार:देशसन्चार

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily