Aadarsh-Daily

मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

ad-4p

वीरगञ्ज, २८ फागुन । सडक दुर्घटनामा परी शनिबार साँझ बारामा एक जनाको ज्यान गएको छ ।

content ad p2
content left

साँझ करिब साढे ६ बजे  बारा महागढीमाई नगरपालिका ८ थलही पुल नजिकै कलैयाबाट लङ्गडाचोक तर्फ जाँदै गरेको ना. ३७ प ४१४८ न.को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको नम्बर नखुलेको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सो दुर्घटनामा आदर्श कोतवाल गाउँपालिका १ जमुनिया बस्ने २२ वर्षका विकास कुमार साहको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ भने फरार रहेको गाडीको खोजतलास भइरहेको जनाएको छ ।

सम्बन्धित खबर

जीतपुरमा लागूऔषधको आशंकामा २६ वर्षीय युवक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा ४२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुई जना पक्राउ

Aadarsh Daily

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily