Aadarsh-Daily

वीरगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको नेतृत्वको प्यानल जित्यो

ad-4p

वीरगन्ज । वीरगन्ज नर्सिङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको नेतृत्वको प्यानलले जित हासिल गरेको छ ।
अनेरास्ववियुको तर्फबाट अध्यक्ष पदका उम्मेदवार मनिषा चौधरीले ९१ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ कि यामिनी खड्काले ६३ मत पाएकी छन ।

content ad p2
content left

सचिवमा पनि अनेरास्ववियुकै प्यानलका श्रीष्टी तिमिल्सीना ८९ मत कोषाध्यक्षमा अर्चना गुप्ता ९२ मत पाएर विजयी भएको एमालेका नेता रामकिशोर सिंह परागले जानकारी दिए ।

त्यसैगरी सदस्यहरुमा विवेक रनावत ८७ ,मुन्ना श्रेष्ठ ९८ ल्याएर विजयी हुदाँ सदस्य मै नेपाल विद्यार्थी संघ कि स्मृति थापा ७६ मत ल्याएर विजयी भएकी छन ।

यस्तै समानुपातिक सदस्यमा अनेरास्ववियु कै सदिक्षा शाही , दिपशीखा केसी र शिक्षा खनाल विजयी भएका छन ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily