Aadarsh-Daily

चिकेन स्टेशनको स्पष्टोक्तीः भुलवस पोष्ट हुन गएको सामाग्री सच्याइएको छ–संचालक झा

ad-4p
content left

चिकेन स्टेशनको सामाजिक संजालमा भुलबस पोष्ट हुन गएको सामग्री प्रति संचालकले क्षमायाचना गरेको छ ।

content ad p2

वीरगंज महानगरपालिका वडा नं. ६ स्थित लोहारपट्टि गल्लीमा रहेको चिकेन स्टेशनका संचालक अरुण झाले आफ्ना कर्मचारीले भुलवस पोष्ट गरेको सामाग्री हटाएर क्षमायाचना गरेको बताउनु भयो ।
उहाले हाम्रो चिकेन स्टेशनमा साकाहारी र मान्साहारी ग्रहकका लागी छुट्ट–छुट्टै भान्सा समेत राखेको बताउदै कर्मचारीले डिश (खाने कुरा)हरु सम्बन्धमा प्रचाप्रसारका लागी चुकुन्दरको कवाव सम्बन्धी पोष्ट गर्दा अंग्रेजीमा अन्यथा हुन गएकोले त्यसलाई सच्याइएको बताउनु भयो ।
उहाले आफ्नो ग्राहक वर्गमा अनुरोध गर्दै “हाम्रो चिकन स्टेशन वीरगन्ज फेसबुक पेजमा संयोगवश प्रकाशित भएको अघिल्लो पोस्टको लागि हामी क्षमाप्रार्थी छौं । हामी बुझ्छौं कि यसले भ्रम वा अपराध निम्त्याउन सक्छ, र हामी त्रुटिको लागि पूर्ण जिम्मेवारी लिन्छौं ।
भविष्यमा यस्तो गल्ती नदोहोरियोस् भनेर हामीले पहलकदमी लिइरहेका छौ“ । हामी तपाईंको समर्थन र विश्वासको कदर गर्छौं, र हामी आशा गर्दछौं कि तपाईंले हामीलाई यो निरीक्षणको लागि माफ गर्नुहुन्छ ।
तपाईंको बुझाइको लागि धन्यवाद, र यदि तपाईंस“ग थप चिन्ताहरू छन् भने कृपया हामीलाई सम्पर्क गर्न नहिचकि चाउनुहोस् ।” भनी सामाजिक संजाल फेसबुक पेज मार्फत आग्रह समेत गर्नु भएको छ ।
संचालक झाले कोही कसैलाई कुनै किसिमको आशंका भए जति बेला पनि परिक्षण गर्न सकिने समेत बताउनु भएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily