Aadarsh-Daily

बारा उपनिर्वाचनको लागी–२ मा ९२९ जना मतदाता थपिए

ad-4p

वीरगञ्ज । बैशाख १० गते हुने उपनिर्वाचनको लागि बारा –२ मा ९२९ जना मतदाता थपिएका छन् । यसअघि मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँ १ लाख ५ हजार ११ मतदाता रहेका थिए । जसमा पुरुष ५८ हजार ७४२ र महिला ४६ हजार २६९ थिए ।

content ad p2

आसन्न बैशाख १० गते हुने उपनिर्वाचनका लागि भने सो निर्वाचन क्षेत्रमा ९२९ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जनाएका छन् ।

content left

गएको निर्वाचनलाई नै आधार मानेर निर्वाचन कार्यालय बाराले यस पटक पनि ८२ मतदान स्थल र १३७ मतदान केन्द्र निर्धारण गरेको छ
बैशाख १० गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय बारा निर्वाचनको तयारीमा जुटेको छ । ‘हामीसँग समय अत्यन्तै थोरै भएकाले अहिले निर्वाचन सामग्री व्यवस्थापन, मनोनयन दर्ताको लागि अनुसूची फारम छपाई गर्ने लगायको काम सुरु भइसकेको छ’ जिल्ला निर्वाचन अधिकृत चौधरीले भने ।

भोलि शनिवार बारा–२ को उपनिर्वाचनको लागि  निर्वाचन कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता, मनोनयन पत्र दर्ता भएको सूची प्रकाशन, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, चैत २२ गते उम्मेदवारको नामावली प्रकाशन, २३ गते उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने निर्वाचन तालिका रहेको छ ।

बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ । जिल्ला निर्वाचन अधिकृत चौधरीले निर्वाचनमा खटिने  मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी कर्मचारीको विवरण तयार पर्ने काम भइरहेको बताएका छन् ।

‘उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिसकेपछि चुनाव हुने दिन भन्दा ७२ घण्टा अघिसम्म उहाँहरूले चुनाव प्रचारप्रसार गर्न पाउनुहुन्छ’ चौधरीले भने । निर्वाचन सञ्चालनका लागि केन्द्रबाट हालसम्म बजेट निकासा नभएकाले सरोकारवाला निकायहरूसँग निर्वाचन सम्बन्धी कुनै पनि कार्यक्रमहरू गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily