Aadarsh-Daily

बारामा एसईईको प्रश्नपत्र आउट भएको परिक्षा केन्द्रका अध्यक्षसहित ५ जना निलम्बित

ad-4p

वीरगञ्ज । बारा जिल्लामा माध्यमिक शिक्षा परिक्षा (एसईई) को प्रश्नपत्र आउट भएपछि परिक्षा केन्द्रको अध्यक्षसहित पाँच जना कारवाहीमा परेका छन् ।

content ad p2

एसईईको आज पहिलो दीन परिक्षा सुरु भएको केहि समय भित्रै बाराको आदर्श कोतवाल गाउँपालिकास्थित महेन्द्र आदर्श जयनगर च्यूटाँहा माध्यमिक विद्यालयबाट अंग्रेजी विषयको प्रश्नपत्र आउट भएपछि स्थानीय प्रशासनले त्यहाँको परिक्षा केन्द्रको जिम्मवारी पाएका केन्द्राध्यक्ष, दुई जना सहायक केन्द्राध्यक्ष र दुईजना परिक्षा निरीक्षकलाई निलम्बित गरेको हो ।

content left

बाराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज सापकोटाकाअनुसार निलम्बित हुनेमा केन्द्राध्यक्ष दिनेश प्रसाद साह, सहायक केन्द्राध्यक्षद्वय पदम राज चौधरी र विजय प्रसाद चौधरी र प्रश्नपत्र आउट भएको कक्षाकोठामा खटेका निरीक्षकद्वय कुन्दन प्रसाद कुशवाह र श्याम किशोर गुप्तालाई निलम्बित गरीएको छ । एसईई परिक्षा चलेसम्म उनीहरुलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको सीडीओ सापकोटाले बताए ।
परिक्षा केन्द्रमा उहाँहरुले लारवाही गरेको भेटेपछि कारवाही गरेका छौं । मोबाइल फोन परिक्षा केन्द्रमा निषेधित गरिएको भएपनि केन्द्राध्यक्ष लगायतका व्यक्तिहरुको लापरवाहीका कारण मोबाइल फोनको प्रयोगबाट प्रश्नपत्र आउट भयो । यस्तो गम्भीर त्रुटी भएपछि कारवाही स्वरूप उहाँहरुलाई परिक्षा अवधि भरका लागि सबै जिम्मेवारीबाट निलम्बन गरिएको छ,’ सिडीओ सापकोटाले यात्राडेलीलाई भने ।

शुक्रबार एसईईको पहीलो दीन विद्यार्थीहरुले अंग्रेजी विषयको प्रश्नपत्र पाएको १५ मिनट भित्रै परिक्षा केन्द्रको २ नम्बर कोठाबाट एकजना विद्यार्थीले व्हाट्सएप र फेसबूकको मार्फतले प्रशनपत्र आउट गरेका थिए । विद्यार्थीले आफू ट्यूसन् पढ्ने शिक्षकलाई प्रश्नपत्र पठाएको सिडिओ सापकोटाले बताए । उनले भने, ‘विद्यार्थीले परिक्षा केन्द्र बाहिरै उभिरहेका आफ्ना ट्यूसन् टिचरलाई व्हाट्सएपको माध्यमले प्रश्नपत्र पठाएका रहेछन् । शिक्षकले प्रश्नपत्र पाएपछि केन्द्र बाहिर भिडभाड भयो, हल्ला सुरु भयो । केही बेरमै प्रहरीलाई यस विषयमा जानकारी पाएपछि प्रश्नपत्र आउट गर्ने विद्यार्थीको खोजि गरेर उसलाई परिक्षा दिनबाट रोकियो ।’

प्रश्नपत्र आउट गर्ने विद्यार्थीको अंग्रेजी विषयको परिक्षा रद्द गरिएको सापकोटाले जानकारी दिए । विद्यार्थीले केहि लेख्नु अगावै उसको उत्तर पुस्तिका प्रहरीले खोसीस्केको कारण एउटा विषयको परिक्षा मात्र रद्द गरिएको उनले बताए । ‘विद्यार्थीले खासै केहि लेखेको रहेनछ । प्रहरीले तुरुन्तै कारवाही गरेर उनको ऊतरपुस्तिका खोसेको थियो । विद्यार्थीसँग प्रश्नपत्र मगाउने व्यक्तिको पहिचान हामीले गरेका छौं । उसको खोजी कार्य भइरहेको छ,’ उनले भने ।

 

 

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily