Aadarsh-Daily

एमालेले चाहेमा गठबन्धन केही दिनमै भत्किन्छ : विष्णु पौडेल

ad-4p

काठमाण्डाै – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने दाबी गर्नुभएको छ । शुक्रवार आज प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

content ad p2

उपाध्यक्ष पौडेलले एमाले अहिले नयाँ गठबन्धन बनाउने खेलमा नरहेको बताउनु भएकाे छ ।

content left

उहाँले भन्नुभयो, ‘अहिले म तिथिमितितिर जान्नँ । हामी अहिले यो गठबन्धन भत्काउने, अर्को गठबन्धन बनाउने त्यो काममा लागेका छैनौँ, एमाले लाग्यो भने त्यो केही दिनको विषय हो । यसरी वा त्यसरी जे होस् कुनै पनि गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने धन्दामा हामी लागेका छैनौँ । यदि एमालेले त्यो आवश्यकता महसुस गर्‍यो भने गठबन्धन भत्काउनु केही हप्ताको काम हाे ।’

उपाध्यक्ष पौडेलले पार्टीका नेता भीम रावलले एक पछि अर्को गल्ती गर्दै गइरहेको आरोप लगाउनु भयो । उहाँले पार्टीको अनुशासनमा नबस्ने र पार्टी सदस्यको कर्तव्य निर्वाह नगरेको बताउनु भयो । उपाध्यक्ष पौडेलले नेता रावलले पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले आउने चुनावमा नेकपा एमालेको एकल सरकार निर्माण गर्ने तयारीमा आफू लागेको पनि बताउनु भयो । उहाँले वर्तमान संसद्ले पाँच वर्षको समय पूरा गर्ने लक्षण नदेखेको बताउनु भयो ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily