Aadarsh-Daily

कम  समयमा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड

ad-4p

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारले तीन महिनामा महत्त्वपूर्ण काम सम्पादन गरेर नागरिकमा आशा जगाउन सफल भएको जिकिर गर्नुभएको छ । शुक्रवार नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले थिति बसाल्न तीन महिनामा महत्त्वपूर्ण काम भएको बताउनुभएको छ ।

content ad p2

उहाँले भन्नुभयो, ‘बेथितिहरू अन्त्य गर्न र थिति बसाल्न यस अवधिमा महत्त्वपूर्ण काम भएका छन् । मन्त्रिपरिषद्को बैठकले निजी क्षेत्रको समस्या समाधानका लागि मौद्रिक नीतिमा सहजीकरण गरिएको छ ।’

content left

राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र रेमिट्यान्समा सुधार आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको बताउनुभयो । राहदानी, सवारी चालक अनुमतिपत्रलगायतका काममा विगतको झन्झट हटेको जनाउँदै उहाँले यसलाई ठिक ढङ्गले बुझेर नागरिकमा लैजानुपर्ने बताउनुभयो ।

‘सुशासन र समृद्धिका लागि महत्त्वपूर्ण काम भएका छन् । कानुन निर्माणका कामले गति लिएका छन्’, उहाँले भन्नुभयो, ‘एउटा समीकरणबाट सरकार गठन भयो, तर राष्ट्रिय सहमति खोज्दै जाँदा सहमति भएन, त्यसपछि अर्को गठबन्धनमा जानुपर्ने परिस्थिति आयो । त्यसले गर्दा कतिपय भएका काम पनि ओझेल परेकोजस्तो छ । आज सरकार विस्तार भएपछि सरकारले गति लिन्छ ।’

नेपालको क्रान्तिकारी आन्दोलनमा महिलाले प्रदर्शन गरेको वीरता र बलिदानबाट नेपालमा युगान्तकारी परिवर्तन आएको उल्लेख गर्दै प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको र संविधानले महिला अधिकारलाई उचाइका साथ प्रबन्ध गरेको बताउनुभयो ।

बैठकमा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का अध्यक्ष अमृता थापाले सङ्गठनको पछिल्लो अवस्था र आउँदा दिनमा सम्पादन गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily