Aadarsh-Daily

पर्सा-४ का सांसद् रमेश रिजाल बने उधोग मन्त्री

ad-4p

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य रमेश रिजाल सङ्घ सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका छन् ।

content ad p2

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा रिजाल नेपाली कांग्रेसको तर्फबाट उद्योग मन्त्रीमा नियुक्त भएका हुन् । नेपाली कांग्रेसको केन्द्रीय सदस्यसमेत रहेका रिजालले आजै मन्त्रीको शपथग्रहण गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेस मन्त्रिपरिषद्मा ८ वटा मन्त्रालय पाएपनि पहिलो चरणमा जम्मा ४ जनालाई सरकारमा सहभागी हुन् पठाएको छ । पहिलो चरणको मन्त्रीहरुको सूचीमा रिजाल पनि परेका हुन् ।
मंसिर-४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा रिजाल पर्सा-४ बाट निर्वाचित भएका थिए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका जालिम मियाँलाई ५ हजार ५३० मतको अन्तरले पराजित गरेका थिए ।

रिजालले ३१ हजार १४२ मत ल्याउँदा एमालेका मियाँले २५ हजार ६१२ मत पाएका थिए ।

को हुन् रिजाल ?

content left

जगरनाथपुर गाउँपालिका-५ धर्मपुर मसिहानी टोलमा जन्मिएका रिजालको बाल्यकाल गाउँमै बित्यो । उनले १४ वर्षको उमेरमै एसएलसी उत्तीर्ण गरेका थिए ।

पछि ठाकुरराम बहुमुखी क्याम्पसबाट बीकम अध्ययन गरेका छन् । उनको बुवा मेघनाथ उपाध्याय नेपाली कांग्रेसमा आवद्ध थिए । उनले ०१५ सालको आम निर्वाचन कांग्रेसबाट लडेका थिए । त्यतिबेला वीरगञ्ज बारा जिल्लामा पर्दथ्यो । त्यसैले उनी विद्यार्थी कालदेखि नै नेवि संघको राजनीतिमा सक्रिय बने ।

बिपी नेपाल फर्केपछि भएको पटना सम्मेलनबाट कांग्रेसको पर्सा जिल्ला सचिवको जिम्मेवारी रिजालले पाए । पछि उनी पर्सा जिल्लाको उपसभापति पनि बने । कांग्रेस सभापति देउवाले प्रजातान्त्रिक कांग्रेस गठन गर्दा नेता रिजालले उनलाई साथ दिए । यसले गर्दा पनि उनी देउवाको प्रीय छन् ।

पार्टीमा अनुशासन समिति संयोजक, कार्य सम्पादन समिति सदस्यमा काम गरिसकेका छन् । वि.स. २०२६, वि.स. २०२८, वि.स. २०३०, वि.स.२०३९, वि.स. २०४२, वि.स. २०४६ र वि.स. २०४६ सालमा गरी झण्डै ३ वर्ष जति उनले जेल जीवन पनि बिताएका छन् ।

जनताबाट अनुमोदन हुने मौका भने उनलाई वि.स. ०४८ सालमा मात्रै मिल्यो । त्यसपछि लगातार उनी पर्सा क्षेत्र नं ४ मा चुनाव लडिरहेका छन् । वि.स. ०४८ सालमा सांसदमा विजयी भए । वि.स. ०५२ सालमा पनि उनलाई जताले प्रतिनीधिसभा सदस्य बनाए । ०५६ सालको निर्वाचनमा सुखद नतिजा आएन ।

वि.स. ०६४ सालमा पूनः सांसद् बने । त्यसपछि वि.स. ०७० र वि.स. ०७४ सालको निर्वाचनमा लगातार पराजित भए । ०७४ सालमा अप्रत्यासित रुपमा उनी पराजित भए । राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण निस्किए । कर्णले २० हजार ७ सय ३८ मत ल्याएका थिए । रिजालले १४ हजार ७ सय २ मत मात्रै पाए ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily