Aadarsh-Daily

कांग्रेस भित्र मन्त्रालय बाँडफाँडको विषयलाई लिएर विवाद, बोलाइयो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

ad-4p
content left

वीरगञ्ज । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

content ad p2

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बिहान १० बजेका लागि बोलाइएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यसअघि बिहीबार कार्यसम्पादन समितिको बैठक बसेको थियो । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद चुलिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाइको हो ।
आन्तरिक भागबण्डामा असन्तुष्टि जनाउँदै पार्टीको शेखर कोइराला समूह सरकारमा सहभागी भएको छैन ।
बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा को कसलाई पठाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

 

 

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily