Aadarsh-Daily

मुख्यमन्त्री यादवको आश्वासनपछि चुरे संरक्षण अभियन्ताले तोडे अनशन

ad-4p
content left
content ad p2

१८ चैत, जनकपुरधाम ।मधेश प्रदेश सरकारले एकसाताभित्र वार्ता गरी माग सम्बोध गर्ने मौखिक आश्वासनमा चुरे तथा वन जंगल संरक्षण अभियानका अध्यक्ष सुनिल यादवले अनशन तोडेका छन् ।

पाँच सुत्रीय मागसहित शुक्रबार जनकपुरधामको जनकचोकमा आमरण अनशन बसेका अध्यक्ष यादवलाई आज मुख्यमन्त्री सरोजककुमार यादवले जुस खुवाएर अनशन तोडाएका हुन् ।

मुख्यमन्त्री यादवले एकसाताभित्र वार्ता टोली बनाएर अभियानको माग सम्बोधन गर्ने बताए ।आमरण अनशन तोडाउन धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दहालले समन्वय गरेका थिए भने त्यसबखत वन उद्योग तथा पर्यटनमन्त्री सुनिता यादवसमेत पुगेकी थिइन् ।

विगतमा आमरण अनशन बस्दा मधेश सरकारले सम्झौता गरेको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, खोला उत्खननको विरोध गर्दा हत्या गरिएका युवा महतोलाई पर्यावरणीय शहिद घोषणा गर्नुपर्ने, अवैध क्रसर उद्योगहरुको गतिविधि उपर तत्काल रोक लगाउनु पर्ने, भूमिहीन तथा सुकुम्बासीको आवासको मौलिक हक पूरा गर्नुपर्ने वैदेशिक रोजगारसम्बन्धी समस्या हल गर्नु पर्ने, स्थानीय तहको निर्वाचन गैरदलीय प्रतिस्पर्धा हुनु पर्नेलगायत अभियानको माग छ ।

वर्तमान प्रदेश सरकार माग पूरा गर्नेमा आफू विश्वस्त रहेको र पूरा नभए पुनः आन्दोलन थाल्ने अभियानका अध्यक्ष यादवले बताए ।

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily