Aadarsh-Daily

बारा २ : एमालेबाट पूर्वमन्त्री पौडेलसहित ३ जनाको नाम सिफारिस

ad-4p

बारा,१८चैत : बारा क्षेत्र नंबर २ मा हुन लागेकाे उपनिर्वाचनका लागि नेकपा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित ३ जनाको नाम सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी बाराले पोलिटव्युरो सदस्य समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

content ad p2
content left

साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुन्।
२०७०मा बाराकाे तत्कालीन निर्वाचन क्षेत्र नंबर ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पौडेल त्यसयता चुनाव लडेका छैनन्। उनी सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीसमेत रहेका थिए।
सप्तरी २ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा २ बाट चुनाव लड्ने प्रबल सम्भावना भएपछि एमालेले हेभिवेट उम्मेदवारका रुपमा पौडेललाई अघि सारेको हो।
यसणतै बारा २ मा लोसपाबाट राजेन्द्र महतोको नाम चर्चामा छ। लोसपाले महतोलाई बारा २ बाट उम्मेदवार बनाउने आन्तरिक तयारी गरिरहेको छ। मंसिर ४ काे निर्वाचनमा महतो सर्लाही २ बाट पराजित भएका थिए।

यसैगरी जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने निश्चित छ। नेकपा माओवादी केन्द्रका कुशवाहा हालका उपराष्ट्रपति यादवसंग पराजित भएका थिए। उपनिर्वाचनमा माओवादी केन्द्र र कांग्रेसले जसपा अध्यक्ष यादवलाई सघाउने संकेत पाएपछि कुशवाहा जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बन्न लागेका हुन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्ने तयारीमा छन्। काठमाडौं १ बाट पराजित खरेललाई स्वतन्त्र पार्टीले उम्मेदवार बनाउन लागेको हो। खरेल काठमाडौं १ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए ।

 

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily