Aadarsh-Daily

ठाकुरराम क्याम्पसमा भोलीदेखि नियमित पठनपाठन हुने

ad-4p

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शुक्रवार (भोली) देखि पठनपाठन सुचारु हुने भएको छ । विभिन्न विद्यार्थी संगठनदेखि त्रि.वि. कर्मचारी संघ क्याम्पस एकाई समितिले लगाएका तालाबन्दी खोल्ने सहमती भएसँगै शुक्रवारदेखि पठनपाठन सुचारु हुने भएको हो ।

content ad p2
content left

निमित्त क्याम्पस प्रमुख अनिल कुमार रमणले बिहिवार एक सूचना जारी गर्दै तालाबन्दी खोल्ने र पठनपाठन सुचारी गर्ने सहमती भएको जानकारी दिएका छन् । क्याम्पस प्रमुख डा. उमेश प्रसाद चौरसियाले दिएको राजीनामा फिर्ता गर्न र परीक्षा केन्द्र वीरगञ्जमै कायम गर्न माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले बैशाख ४ गते तालाबन्दी गरेका थिए ।

विद्यार्थी संगठनको मागका सम्बन्धमा त्रि.वि. मा पत्र पठाएर सम्बोधन गर्न पहल गरिएको निमित्त क्याम्पस प्रमुख रमणद्वारा जारी सूचनामा उल्लेख छ । उक्त सूचनाअनुसार त्रि.वि. कर्मचारी संघ क्याम्पस एकाई समितिसँग पनि वार्ता भएर तालाबन्दी खोल्ने सहमती भएको हो ।
शुक्रवार (भोली) देखि क्याम्पसको नियमित पठनपाठन एवम् प्रासनिक कार्य सुचारु हुने रमणले जानकारी दिए ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily