Aadarsh-Daily

 ३० अर्ब १८ करोड आन्तरिक ऋण उठाउँदै सरकार

ad-4p

वीरगञ्ज । सरकारले ट्रेजरी बिलमार्फत ३० अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सोमबार ३० अर्ब १८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।

content ad p2

२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमको ट्रेजरी बोलकबोल गर्न लागेको बैंकले १८ अर्ब १८ करोड रुपैयाँ पुरानो नवीकरण गरेर १२ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी गर्न लागिएको बैंकले जनाएको छ ।

content left

सोमबार बोलकबोल हुने ट्रेजरीको निष्कासन मंगलबार अर्थात् वैशाख २६ गते हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

कूल निष्कासन बिल मध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विना प्रतिस्पर्धाबाट बिक्री गरिने बैंकले जनाएको छ ।

यसअघि बैंकले वैशाख १७ गते २७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily