Aadarsh-Daily

अब को युगमा पनि बाल बिबाह र दहेज नरोकिए समाज दुर्घटना मा फस्छ- नेता शिव पटेल

ad-4p
content left

बिरगन्ज / नेकपा एमाले मधेश प्रदेश कमिटि का सदस्य शिव पटेल ले अब को युगमा पनि बाल बिबाह र दहेज लाइ अन्त गर्न नसके समाज दुर्घटना मा फसने र बालबालिका हरु प्रति अभिभावक हरु ले अपराध गर्ने बताउनु भएको छ!
बहुदरमाइ नगरपालिका वडा न•४ वडा समिति को कार्यालय बहुवरि पिडरी को सहयोग मा महिला स्वरोजगार सिप बिकास तालिम केन्द्र प्रालि द्वारा आयोजित तिन दिवसिय बाल बिबाह तथा दाइजो उन्मुलन सम्बन्धि चेतनामुलक तालिम को उदघाटन समारोह लाइ सम्बोधन गर्दै नेता पटेल ले सो कुरा बताउनु भएको हो!
बहुदरमाइ नगरपालिका वडा न•४ का वडा अध्यक्ष सुरेन्द्र यादव को अध्यक्षता मा आयोजित तालिम उदघाटन समारोह का प्रमुख अतिथि रहनु भएका नेता पटेल ले अब को समय मा भेदभाव नगरि छोरि लाइ उचित र ब्यवहारिक शिक्षा दिइ १८ बरष पछि बिबाह गर्ने र छोरा को बिबाह मा दहेज नलि बिबाह गर्न तर्फ समाज उन्मुख हुने तर्फ सहभागि को ध्यान आकृष्ट गर्दै यस बारे गाउको हरेक नागरिक लाइ सचेत हुन आग्रह गर्नु भएको हो।
हो।बहुवरि अव्स्थित बिधालय को प्राङगनमा आयोजित उदघाटन कार्यक्रम मा वडा समिति का सचिव रामबिनय साह, नेकपा एमाले का नेता अशोक रौनियार, पिनटु साह, गोपाल साह, झोटि ठाकुर ,गया साह, महिला नेतृ उमापति देबि, बिधालय का नर्स गिता देबि, बुधिजिवि बिनोद मिश्रा, प्रशिक्षक हरु क्रमशः मनोज कर्न ,राज तिवारि ,अनु बर्नवाल, श्रुति चौधरि लगायत को उपस्थिति रहेको थियो!
बहुवरि अव्स्थित बिधालय को प्राङगन भित्र आयोजित सो तालिम तिन दिन सम्म चल्ने आयोजक सन्स्था ले बताएका छ्न्।शुभारम्भ भएको छ! कार्यक्रम मा अतिथि हरु ले तालिम मा सहभागी सम्पुर्न मा हार्दिक बधाई ,आयोजक प्रति आभार एवम तालिम परिणाम मुखि बनोस ,भनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।

content ad p2

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily