Aadarsh-Daily

बिरगंजका बासिन्दा जेठ ३१ गतेको प्रतीक्षामा मुख्य सडक कति बिस्तार हुन्छ भनि फैसला आउदै ।

ad-4p
content left

बिरगंज २३ जेठ ।
बिरगंज महानगरका बासिन्दा मुख्य सडक कति मिटर बिस्तार गर्नेभनि सर्बोच्च अदालतको फैसेला आउछ भनि जेठ ३१ गतेको प्रतीक्षामा बसेका छन बिरगंजका बासिन्दा ।
देशको ठुलो सानो सबै खाले राजमार्गहरु अतिक्रम हटाएर बिस्तार भैसकेका छन अदालति प्रक्रियाको कारण बिरगंज र हेटौंडाको मुख्य सडक बिस्तार हुनसकेको थिएन सर्बोच्च अदालतमा लामो समाय देखि मुद्दा  बिचाराधिन छ । जेठ ३१ गते पेसि छ यो पेसिमा सडक सम्बन्धिको मुद्दाको अन्तिम फैसेला आउने अपेक्षा गरिएको छ यस अगाडी १७ पटक पेसि चढि सकेको छ फैसला भएको थिएन १८ औ पेसि अन्तिम हुने पनि बिरगंजबसिले अपेक्षा गरेका छन ।
हेटौंडाको मुख्य सडकको सर्बोच्च अदालतको अन्तिम फैसला आइसकेको छ । फैसलामा मुख्य सडक २५/२५ गज बिस्तार गर्नुपर्ने फैसेला गरेको छ । बिरगंजको पनि मुख्य सडक २५/२५ गज बिस्तारको फैसला आउने आशा गरिएको छ । सडक अतिक्रमणकारिहरुले जेठ ३१ को फैसला रोक्न चलखेल गरेका छन तर हेटौंडाको फैसला आइसकेकोले सर्बोच्चका न्यायाधीशले फैसेला रोक्न सक्ने अबस्था छैन जुन नजिर हेटौंडाको कायम भएको छ सोही अनुसार बिरगंजको पनि फैसला आउने छ एउतै प्रकृतिको मुद्दाको दुइ किसिमको फैसला आउन नसक्ने कानुनका जानकारहरुले बताएका छन ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily