Aadarsh-Daily

बिरगंजका बासिन्दा जेठ ३१ गतेको प्रतीक्षामा मुख्य सडक कति बिस्तार हुन्छ भनि फैसला आउदै ।

ad-4p
content left

बिरगंज २३ जेठ ।
बिरगंज महानगरका बासिन्दा मुख्य सडक कति मिटर बिस्तार गर्नेभनि सर्बोच्च अदालतको फैसेला आउछ भनि जेठ ३१ गतेको प्रतीक्षामा बसेका छन बिरगंजका बासिन्दा ।
देशको ठुलो सानो सबै खाले राजमार्गहरु अतिक्रम हटाएर बिस्तार भैसकेका छन अदालति प्रक्रियाको कारण बिरगंज र हेटौंडाको मुख्य सडक बिस्तार हुनसकेको थिएन सर्बोच्च अदालतमा लामो समाय देखि मुद्दा  बिचाराधिन छ । जेठ ३१ गते पेसि छ यो पेसिमा सडक सम्बन्धिको मुद्दाको अन्तिम फैसेला आउने अपेक्षा गरिएको छ यस अगाडी १७ पटक पेसि चढि सकेको छ फैसला भएको थिएन १८ औ पेसि अन्तिम हुने पनि बिरगंजबसिले अपेक्षा गरेका छन ।
हेटौंडाको मुख्य सडकको सर्बोच्च अदालतको अन्तिम फैसला आइसकेको छ । फैसलामा मुख्य सडक २५/२५ गज बिस्तार गर्नुपर्ने फैसेला गरेको छ । बिरगंजको पनि मुख्य सडक २५/२५ गज बिस्तारको फैसला आउने आशा गरिएको छ । सडक अतिक्रमणकारिहरुले जेठ ३१ को फैसला रोक्न चलखेल गरेका छन तर हेटौंडाको फैसला आइसकेकोले सर्बोच्चका न्यायाधीशले फैसेला रोक्न सक्ने अबस्था छैन जुन नजिर हेटौंडाको कायम भएको छ सोही अनुसार बिरगंजको पनि फैसला आउने छ एउतै प्रकृतिको मुद्दाको दुइ किसिमको फैसला आउन नसक्ने कानुनका जानकारहरुले बताएका छन ।

content ad p2

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily