Aadarsh-Daily

ग्रामीण  नाका भएर रागा भैसिको तस्करि ।

ad-4p

पर्साको ग्रामिण क्षेत्रका सिमा नाका हुदै भारतबाट राँगा र भैंसीको तस्करी भइरहेको स्थानीयले बताएका छन् ।

content ad p2

भारतसंग सीमा जोडिएका जगरनाथपुर, ठोरी , पकाहामैनपुर गाँउपालिकाका सीमा नाका हुदै भारतबाट रातिका समयमा राँगा र भैसी तस्करी गरेर नेपाल भित्रयाउने गरिएको छ ।तस्करी गरेर भित्रयाइएका राँगा र भैंसी कारोबारीहरुले जगरनाथपुर र विजयबस्तीमा विहिबार र आईतबारका दिन लाग्ने पशु बजारमा बेच्ने गरेको स्थानीयले जानकारी दिएका छन् ।

content left

उनिहरुका अनुसार , असवारी जानकीटोला,मिर्जापुर,पाण्डेपुर,माहदेवपट्टी,पिडारीगुठी,विजयबस्ती लगायतका नाकाबाट तस्कर र कारोबारीहरुले भारतीय राँगा र भैंसी सरेह,खेतर चोर बाटो भएर भित्र्याउने गरेका छन् ।
तस्करी गरि ल्याइएका राँगा र भैंसी विजयबस्ती र जगरनाथपुरको हाट पशु बजारबाट कारोबारीहरुले किनेर मालवाहक गाडीमा लोड गरि काठमाडौ,पोखरा, नारायणगढ लगायतका शहरमा लगेर बेच्ने गरेका छन् ।

 

बिजयबस्ती पशु हाट बजारका अध्यक्ष हरि प्रसाद सिलवालले साताको दुई दिन लाग्ने हाट बजारमा ३ सय देखि ४ सय रागाँ भैंसीको किनेमेल हुनेगरेको र प्रती पशु २ सय ५० रुपैयाको दरले समितिले पालिकाको नियमानुसार कर संकलन गर्ने गरेको बताए । उनले भने ,‘ हाटबजार ल्याइने चौपाया फाट्फुट्ट भारतबाट आउने गरेका छन् , धेरै जसो पर्साकै गाँउका मानिसले ल्याउछन् ।

 

रााँगा भैंसीको व्यपाक तस्करी भइरहेपनि सिमावर्ती गाँउहरुमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी रोक्न चासो नदिएकाले तस्करीमा उनिहरुको पनि मिलोमतो हुन सक्ने स्थानीयको भनाइ छ ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily