Aadarsh-Daily

पर्साका प्रह्लाद, करिमा, शशिकपूर र शिपुसहित सयौंले गरे जनमतमा प्रवेश

ad-4p

वीरगञ्ज । पर्सामा जनमत पार्टीमा प्रवेश गर्नेहरुको लहर बढेको छ । वीरगञ्जमा शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतको प्रमुख आतिथ्यतामा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य, पूर्व प्रदेशसभा सदस्यदेखि मधेश आन्दोलनका क्रममा चर्चा कमाएका नेताहरुले पनि जनमत पार्टीमा प्रवेश गरेका छन् ।

content ad p2
content left

जनमत पार्टीमा प्रवेश गर्नेहरुमा संघीय सरकरकी पूर्व कृषिराज्य मन्त्री एवम् संविधानसभा सदस्य करिमा बेगम, नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, लोसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी, लोसपाका नेता सुधिरनाथ पाण्डे,  युवा नेताहरु मनोज यादव, विकास चौधरीलगायत रहेका छन् ।

कार्यक्रममा उनिहरुलाई जनमत पार्टीका अध्यक्ष डा. राउतले फुलमाला लगाएर पार्टीको सदस्यता पत्र प्रादन गरि पार्टीमा स्वागत गरेका थिए ।
शनिबारको कार्यक्रममा पर्सा जिल्लाका १४ वटै स्थानीय तहबाट लगभाग ११ सय भन्दा बढी नेता कार्यकर्ताहरुले विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला संयोजक ओमप्रकाश सर्राफले दावी गरे ।

जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहको अध्यक्षता पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एवम् प्रदेशका पूर्व कृषिमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डा. शरद सिंह, सहसंयोजक मुकेश द्विवेदीलगायतका  नेताहरुकोपनि उपस्थिति थियो ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily