Aadarsh-Daily

कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छः उपमेयर डंगोल

ad-4p

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सबैले आफ्नो पहिचान जोगाउन कला, संस्कृति बचाउनुपर्ने बताएकी छन्।

content ad p2

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा,
देश सेवा गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताइन्।

content left

उनले कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गरिन्।

‘आज विभिन्न बाजा, आफ्नै आफ्नै विशेषता भएको बाजा जसरी एकैसाथ एकै थलोमुनि बसेर बाजा बजाइरहेका छौं। यो एकता बाजा बजाउनेमा मात्रै होइन, यो एकता समाजसेवा गर्ने, देश सेवा गर्नेमा सदैव अघि बढ्न सकोस्,’ उनले भनिन्, ‘सय थरी बाजा एकै ताल भने झैं हामी सबै आफ्नो ठाउँबाट एकजुट भएर लागौं।’

उनले थपिन्. ‘हाम्रो कलाकृति, संस्कृति बाँचेमात्र हाम्रो भाषा, लिपी, हाम्रो बाजागाजा जबसम्म जीवित हुन्छ तबसम्म हाम्रो पहिचान जीवित हुन्छ, पहिचान जीवित बनाउनको लागि सबै पुस्ता लाग्नुपर्छ।’

उनले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताइन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily