Aadarsh-Daily

बहुदरमाई नगरपालिकाले एक वर्षमा ११ लाखमा खरिद गरेको ५८ वटा मोबाइल कहाँ गयो

ad-4p

वीरगञ्ज – स्थानीय तहका पदाधिकारी तथा सदस्यले नपाउने गरी सेवा–सुविधा पर्साको बहुदरमाई नगरपालिकाका जनप्रतिनिधिले लिएको पाइएको छ।

content ad p2

नगरपालिकाले ०७८/७९ मा जनप्रतिनिधिका लागि मोबाइल खरिद गरिदिएको पाइएको छ।
उक्त आर्थिक वर्षमा नगरपालिकाले रेडमी, वन प्लसलगायत कम्पनीका ५८ वटा मोबाइल विभिन्न सात वटा फर्मबाट खरिद गरेको थियो।
११ लाख १५ हजार ९ सय ९४ रुपैयाँ बराबरको उक्त मोबाइल अहिले कहाँ छन्, कुन अवस्थामा छन् कसैलाई थाहा छैन। नगरपालिकाका तत्कालीन मेयर नितेन्द्र साहको पालामा नगरपालिकाका बोर्ड मेम्बरका लागि भनेर उक्त मोबाइल खरिद गरिएको थियो। तर, अहिले ती मोबाइलहरू कसले प्रयोग गरिरहेका छन् भन्ने कुरा कसैलाई पनि थाहा छैन।

मधेस प्रदेश सरकारबाट जारी स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी ऐन २०७७ मा पालिका पदाधिकारी तथा कर्मचारीलाई मोबाइल सुविधा दिने व्यवस्था छैन। तैपनि, नगरपालिकाले आफ्ना बोर्ड सदस्यहरूका लागि लाखौँका मोबाइल खरिद गरी वितरण गरेको थियो।

उक्त मोबाइलमध्ये एउटा रेडमी कम्पनीको मोबाइल आफूले पनि पाएको बहुदरमाई नगरपालिका–९ का तत्कालीन एवं हाल पनि वडाध्यक्ष रहेका रवि गुप्ताले जानकारी दिए।

content left

उनले सो मोबाइल बोर्ड मेम्बरका लागि नगरपालिकाले खरिद गरेको जानकारी दिँदै मोबाइल आफूले पनि पाएको तर पछि नगरपालिकालाई नै फिर्ता दिएको बताए। आफूसहित वडा कार्यालयका कर्मचारीले पनि नगरपालिकाको मोबाइल नचलाउने गरेको वडाध्यक्ष गुप्ताको भनाइ छ।

‘बोर्ड मेम्बरहरूको लागि भनेर नगरपालिकाले मोबाइल किनेको थियो मैले पनि एउटा पाएको थिएँ रेडमी कम्पनीको थियो,’ उनले भने, ‘अहिले भने म आफ्नै ब्यक्तिगत मोबाइल चलाउँछु।’

वडा नम्बर ४ का अध्यक्ष सुरेन्द्र यादवले पनि आफूसहित वडाका कर्मचारीले व्यक्तिगत मोबाइल चलाइरहेको जानकारी दिए। उनले नगरपालिकाले एउटा मोबाइल दिन भने पनि आफूले नलिएको बताए। यस्तै, नगरपालिकाका हालका मेयर सिँगासन साह तेलीले पनि आफूले आप्mनै मोबाइल चलाइरहेको जानकारी दिए।

उनले नगरपालिकाबाट मोबाइल नलिएको बताए। ‘म आफ्नै मोबाइल चलाउँछु नगरपालिकाबाट मोबाइल लिएको छैन, मेरो आफ्नै हो,’ उनले भने।

पहिलेका जनप्रतिनिधिले भने मोबाइल खरिद गरेको कुरा भने जानकारी भएको मेयर तेलीको भनाइ छ। यता, ११ लाखभन्दा पनि बढीको ५८ वटा मोबाइल एक आर्थिक वर्षमै खरिद भएको तथा उक्त मोबाइल कहाँ र कुन अवस्थामा छन्, कसले चलाइरहेको छ भन्नेबारे आफूलाई पनि जानकारी नभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्द शेरे मुस्तफाले जानकारी दिए।

उनले मोबाइलबारे नगरपालिकाबाट जानकारी लिएर थप जानकारी गराउने बताए। ‘५८ वटा मोबाइलमध्ये कसले कतिवटा चलाइरहेका छन् यसबारे पूरै जानकारी मलाई पनि छैन,’ उनले भने, ‘म कार्यक्रममा छु, नगरपालिकाबाट बुझेर यसबारे भन्छु।’
कार्यालय प्रमुख र लेखापालले भने एक–एक वटा मोबाइल नगरपालिकाको चलाइरहेको मुस्तफाले बताए। उनले अन्य कसले कुन मोबाइल चलाइरहेको छ भन्नेबारे थाहा नभएको बताए। सभार:- देश सञ्चार (राम मण्डल )

 

 

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily