Aadarsh-Daily

कांग्रेस बदल्नका लागि महामन्त्री पद नै त्याग गर्न तयार छु : गगन थापा

ad-4p

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू कांग्रेस बदल्ने अभियानमा लागेकाे बताउनु भएको छ । नेपाली कांग्रेस दोलखा–काठमाण्डौ सम्पर्क समितिले शनिवार आज काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको बताउनु भएकाे हाे ।

content ad p2

एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने कुराले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना पार्टीहरु आज एकसाथ सङ्कटमा पर्न गएको बताउँदै उहाँले आफूले व्यक्तिको नभइ पार्टीनै बदल्ने कुरा गरेको बताउनु भयो । थापाले प्रजातन्त्रमा एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबी  समेत गर्नु भयो।

content left

दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्नु उचित भएकाे उहाँकाे भनाइ छ । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो ।

उहाँले भन्नुभयो, ‘ कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ ।  बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ । तर कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु । मैले पटकपटक भनेको छु–दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । त्यसैले बदलिनका लागि म तयार छु । सबै तयार हुनुपर्छ । ’

उहाँले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भए पनि कांग्रेसले सर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढनुपर्ने बताउनु भयो ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily