

वीरगंज, असार २०
नेकपा एमालेका केन्द्रिय सचिव योगेश भट्टराईले खेतीपातीको मुख्य सिजनमै मल अभाव भएको भन्दै सरकारको आलोचना गरेका छन । प्रेस चौतारी पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले खेतीपातीको सिजनमा पर्याप्त मल नपाएको र लाईन लाग्दा समेत ५ किलो मात्र पाउने गरेको दावी गरे । बजारमा मल अभाव हुदा पनि प्रधानमन्त्री र कृषिमन्त्रीले सदनमा पर्याप्त मल मौजाद रहेकोे दावी गर्ने गरेको सचिव भट्टराईले बताए । सिचाई अभावमा तराई मधेशमा सहज ढंगले खेती हुन नसकेको र पशुचौपायमा लम्की स्किन नामक रोग लाग्दा समेत सरकार बेखबर रहेकोमा चिन्ता व्यक्त गरे । एक फरक सन्र्दभमा सचिव भट्टराईले आउने २०८४ सालको आम निर्वाचनमा मधेश प्रदेशको ३२ वटै सिट जित्ने गरि पार्टी लागेको बताए । पुर्व मन्त्री समेत रहेका भट्टराईले वडा तह सम्म प्रशिक्षण अभियान चलाउने निर्णय भएको बताए । बिगतमा देखिएको कमजोरीलाई सच्याउदै टोलटोलमा संगठन बिस्तार गर्ने र ९० हजार नयाँ संगठित सदस्यता बनाउने लक्ष्य रहेको बताए । उनले पार्टी भित्रको समस्या हल गरि जनता संग सम्पर्क बढाउने र मंसिर ५ र ६ गते मधेश प्रदेशको प्रथम अधिवेशन गर्ने तथा चैत्र सम्म सम्पुर्ण जिल्लाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको बताए । प्रेस चौतारीको पर्सा जिल्ला अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा पोलिटव्युरो सदस्य एवं पर्सा ईन्र्चाज अच्युत मैनाली, केन्द्रिय सदस्य राजकुमार गुप्ता, प्रभु हजरा,एकबाल मियाँ, प्रदेश कमिटी सदस्य बिचारी यादव, शम्भु गुप्ता,पर्सा जिल्ला संयोजक विश्वम्भर शर्मा लगायतको उपस्थ्तिी थियो । कार्यक्रमको सहजीकरण प्रेस चौतारी पर्साका उपाध्यक्ष बिजय भण्डारीले गरेका थिए ।

