

वीरगन्ज ,असार २५
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको जिल्ला समन्वय समितिमा पदपूर्ति गरिएका पदाधिकारी र सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । जसपा नेपाल पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षता र आयोजित कार्यक्रममा जसपाका केन्द्रीय राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मिको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। सोमबार रामगढवा स्थित कुर्मी सेवा सदनमा समपन्न कार्यक्रममा जेष्ठ १५ गते मनोनयन गरिएका उपाध्यक्ष अजय प्रसाद चौरसीया नागेन्द्र प्रसाद यादव र मिथिलेश सिंह , उपसचिव नुर आलम अन्सारी र सुनिल कुशवाहासहितका पदाधिकारी एवं सदस्यहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन । मनोनीत गरिएका पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रममा खादा र टीका लगाई सम्मान समेत गरिएको जसपाका पर्सा जिल्ला सचीव तबरेज अहमदले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुर्मीले आजको कार्यक्रमले नेता र कार्यकर्तामा थप उत्साह ल्याउने दाबी गरे ।अब जसपाको संगठन हरेक गाउँ र टोलमा अझ सशक्त बनाउन उनले निर्देशन पनि दिए।
कार्यक्रममा जसपाकी केन्द्रिय सदस्य रेखा साह, संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य हरेन्द्र चौरासीया, शेख खुर्सेद , जयनारायण पटेल, प्रदिप जयसवाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य जसपा जिल्ला कोषाध्यक्ष एवं सखुवाप्रसौनी गाँउपालिकाकी उपाध्यक्ष शार्मिला महतो बिष्टले व्यक्त गरेकी थिइन् ।

