Aadarsh-Daily

पर्सामा अवैध गहुँसहित ट्र्याक्टर नियन्त्रण

ad-4p

वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण नाका हुँदै अवैध रूपमा भित्रिएको गहुँ लोड रहेको दुई वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

content ad p2

भारतीय बजारबाट अवैध रूपमा गहुँ नेपाल भित्रिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले सखुवाप्रसौनी गाउँपालिका – ६ लखनपुरबाट वीरगञ्ज तर्फ आउँदै गरेको मे.१ त ४८४८ र ना.२ त ४५६८ नम्बरको दुई वटा ट्र्याक्टरलाई गहुँसहित नियन्त्रणमा लिएको हो ।

content left

लखनपुर पुल नजिक ट्र्याक्टरलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक भने ट्र्याक्टर छोडेर फरार भएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

नियन्त्रणमा लिइएको गहुँ र ट्र्याकटरको २४ लाख रुपैयाँ मूल्याङ्कन गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सालाई बुझाइएको एसपी शाहले बताए ।

 

 

 

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily