Aadarsh-Daily

पर्सामा अवैध गहुँसहित ट्र्याक्टर नियन्त्रण

ad-4p

वीरगञ्ज । पर्सा जिल्लाको ग्रामीण नाका हुँदै अवैध रूपमा भित्रिएको गहुँ लोड रहेको दुई वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

content ad p2

भारतीय बजारबाट अवैध रूपमा गहुँ नेपाल भित्रिएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले सखुवाप्रसौनी गाउँपालिका – ६ लखनपुरबाट वीरगञ्ज तर्फ आउँदै गरेको मे.१ त ४८४८ र ना.२ त ४५६८ नम्बरको दुई वटा ट्र्याक्टरलाई गहुँसहित नियन्त्रणमा लिएको हो ।

content left

लखनपुर पुल नजिक ट्र्याक्टरलाई रोकेर चेकजाँच गर्ने क्रममा चालक भने ट्र्याक्टर छोडेर फरार भएको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले जानकारी दिए ।

नियन्त्रणमा लिइएको गहुँ र ट्र्याकटरको २४ लाख रुपैयाँ मूल्याङ्कन गरेर आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सालाई बुझाइएको एसपी शाहले बताए ।

 

 

 

 

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily