Aadarsh-Daily

सीके राउत अज्ञानी नेता : कुशवाहा

ad-4p

बारा निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाको उपनिर्वाचनमा उपेन्द्र यादवबाबाट पराजित भएका नेता शिवचन्द्र कुशवाहाले जनमत पार्टीका अध्यक्ष अज्ञानी नेता रहेको आरोप लगाएका छन् ।

content ad p2
content left

उनले सुरु गरेको तीन महिने जनजागरण अभियानलाई सप्तरीबाट शुभारम्भ गर्दै नेता कुशवाहाले यस्तो आरोप लगाएका छन् । बारा निर्वाचन क्षेत्र नम्वर २ बाट विजयी भएका जनता समाजवादी पार्टीका नेता रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि भएको उपनिर्वाचनमा जनमत पार्टीबाट जसपाका अध्यक्ष उपेन्द्र यादवको विरुद्धमा चुनाव लडेका कुशवाहाले पार्टी अध्यक्ष राउतको अलोकप्रिय अभिव्यक्ति र उम्मेदवारलाई जिताउनु भन्दा बढी पार्टी र आफ्नो नामको प्रचारवाजी गरिएको आरोप लगाएका थिए । उनी निर्वाचनमा भाग लिनु भन्दा बढी आफ्नो पहिचान बनाउन लागेको आरोपसमेत लगाए ।

सप्तरीको राजविराजमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले सप्तरीबाट सुरु भएको तीन महिने अभियान अन्य जिल्लाहरुमासमेत संचालन हुने जनाएका छन् । सप्तरीबाटै नयाँ पार्टीको घोषणा गर्ने अनुमान गरिए पनि उनले तीन महिने अभियान सकिएपछि मात्र नयाँ पार्टी खोल्ने बारे निर्णय लिने स्पष्ट पारेका छन् । जिल्ला जिल्लामा अभियान लिएर जाँदैछु, उनले भने, अभियानका क्रममा प्राप्त सुझावको आधारमा मात्र नयाँ पार्टी गठन बारे अन्तिम निर्णय लिइने छ । आफू जनताको सेवक भएको बताउँदै उनले जनजागरण अभियानका क्रममा प्राप्त हुने जनादेश अनुसार अघि बढ्ने स्पष्ट पारे । जनताको बीच जनताको मुद्दा लिएर जाँदैछु उनले भने, जनताको जनादेश र मनोभावना बुझेर मात्रै अन्तिम निर्णय लिइने छ । आफू २०३५ सालदेखि नै राजनीतिमा होमिएर जनताकाबीच जीवन विताइरहेकाले जनताले चाहे बमोजिमको पार्टी गठन हुने उनको कथन छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई राजनीतिक र व्यवहारिक ज्ञान नभएको नेताको संज्ञा दिँदै उनले पार्टी भित्र कुनै बहस र छलफल नै नचलाई एकल निर्णय गर्ने र तानाशाही प्रवृत्ति देखाउने गरेको आरोपसमेत लगाए । डा. राउत पढेलेखेका विद्धान भए पनि उनमा राजनीति र व्यवहारिक ज्ञानको पूर्ण अभाव रहेको आफूले अनुभव गरेको उनले सुनाए ।

 

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily