Aadarsh-Daily

भारतीय ‘विभाजन विभीषिका’ को स्मृतिमा प्रदर्शनी

ad-4p

‘करोडौ मान्छे विस्थापित र लाखौको मृत्यु भएको कहालिलाग्दो दृश्यलाई उक्त फोटोहरु अहिले पनि दर्शाइरहेका थिए । व्लेक एण्ड ह्वाइ भए पनि तीसबर्ष अगाडि भारतीय जन जिवन र स्वतन्त्र पछिको कहाललाग्दो उक्त अवस्था झलकाउने फोटोहरुलेप्रदशर्नीमा सहभागी जो कोहीको मनलाई मर्माहत बनाएको थियो ।’

content ad p2
content left

वीरगञ्ज स्थित भारतीय दुतावासमा आउने सबैको मन उक्त फोटोहरुले छोएका छन् । भारतीय महावाणिज्य दुतावासले आयोजना गरेको प्रदर्शनीमा आएका सबैलाई भारतीय विभाजनबाट उत्सर्जित अवस्थाको बारेमा जानकारी गराउदै उत्पन्न भएको कहालिलग्दो इतिहासको बारेमा ताजा बनाएको अनुभव भएको पत्राचार चन्दकिशोरले बताए । उने भने–‘जिवन पाउनको लागी ,जिवनको सघर्ष र राजनैतिक स्वतन्त्राको लागी उत्पन्न घरवार बिहीनको अवस्था कहाली लाग्दो थियो होला ! मलाई लाग्छ यो प्रदर्शनीमा आउने सबैको मनलाई फोटोहरुले मर्माहत बनाएको छ ।’ भारतीय स्वतन्त्रताकोठिक एक दिन अगाडि भएको भारतको विभाजनले उत्पन्न भएको उत्सर्जित अवस्थामा आधारित, वीरगञ्ज स्थित भारतीय दुतावास परिसरमा सोमबार फोटा प्रदर्शनीको आयोजना गरिएको थियो ।२०फरवरी १९४७ कादिन ब्रिटिश प्रधान मन्त्री क्लेमेंट एटलीले हाउस अफ कमन्समा भारत र पकिस्तान राज्य स्थापना भएको घोषणा पछि उत्पन्न अवस्थालाई समझिदै मोदी सरकारले ‘विभाजनका विभीषिका’ स्मृति दिवस १४ अगस्तको दिन मनाउदै आएको छ ।

सोही दिनको अवसरमा भारतीय महावाणिज्य दुतावासले फोटो प्रदर्शनीको आयोजना गरेको थियो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम पर्सा क्षेत्र नम्बर २का सांसद अजय चौर सियाले उक्त फोटो प्रदर्शनीको उद्घाटन गरेका थिए । भारतको विभाजन पछि उत्पन्न जनताहरुले भोग्नु परेको विभिन्न घटना तथा संघर्षका ५० भन्दा बढी फोटोहरु प्रदर्शनीमा लगाइएका थिए । जुन त्यसवेला लाखौ नागरिकका हत्या र करौडो व्यक्तिहरु विस्थापित भएको अवस्थालाई झलभली दर्शको छ । प्रदर्शनी उद्घाटन कार्यक्रममा प्रमुख अथिति अजय चौरसियासंगै भारतीय महावाणिज्य दुत नितेश कुमार, राजनैति कन्सुलर शैलेन्द्र कुमार, कल्चरल एवम मिडिया तथा प्रेस कन्सुल शशिभूषण कुमार लगायत महाबाणिज्य दुतावासका पदाधिकारी तथा स्थानीय संचारकर्मी ,व्यापारी, समाजसेवी लगायत नेपाल स्थित भारतीय नागरिकहरु उक्त प्रदर्शनीको अवलोकन गरेका थिए ।

 

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily