Aadarsh-Daily

धनुषाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने

ad-4p

 

content ad p2

नेपालमा पहिलोपटक रेल आएको स्थान धनुषाको जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले खजुरीमा अहिले प

content left

मन्त्री ज्वालाले यसै वर्ष काम सक्ने गरी योजना अगाडि बढाइएको बताउँदै भने, “दश कट्ठा क्षेत्रफलभित्र सङ्ग्रहालय बन्दैछ । तत्कालीन समयमा ल्याइएका रेल राखेर सङ्ग्रहालय बनाइनेछ ।मान्त्रलयले रेल्वेको जमिनको चारैतिर पर्खाल निर्माण गर्न र अन्य सम्पत्तिको संरक्षण तथा थप अध्ययनका लागि एक प्राविधिक टोली पठाउने लागेको जनाएको छ ।

केही साताअघि मन्त्री ज्वालाले सङ्ग्रहालय बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए । भ्रमणलगतै उनले रेल विभाग र रेल्वे कम्पनीसँग गरेको छलफलपछि सङ्ग्रहालय बनाउने निर्णय भएको कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए ।

विसं १९९४ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनीले पहिलोपटक जयनगरदेखि बिजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो । ब्रिटिस इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलोपटक बिजुलापुरामा रेल ल्याएको थियो ।

फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनलाई पछि गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको थियो ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily