Aadarsh-Daily

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै वीरगन्जमा गृहमन्त्री विरुद्ध प्रदर्शन, ५ जना पक्राउ

ad-4p

वीरगन्जमा आइतबार सरकार र गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध युवाहरुको एक समुहले प्रदर्शन गरेको छ ।

content ad p2

धरानमा गौ हत्या गर्नेहरुलाई कारबाही गर्न ढिलाई गरेको भन्दै वीरगन्जका युवाहरुले सरकार र गृहमन्त्री श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

content left

वीरगन्जमा जिल्ला प्रशासन कार्यालय पर्साको नवनिर्मित भवनको उद्घाटन गर्न आइतबार बिहान गृहमन्त्री श्रेष्ठ कार्यक्रम स्थल पुगेकै बेला युवाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले गौ हत्या गर्नेहरुलाई फाँसी दे , गृहमन्त्री मुर्दावाद , गृहमन्त्री राजीनामा दे लगायतका नारापनि लगाएका थिए ।

त्यसक्रममा प्रदर्शनमा सहभागी पाँच जना युवाहरुलाई प्रहरीले नियन्त्रणमापनि लिएको छ । पक्राउ पर्नेहरुमा वीरगन्ज १० का मुन्ना कुमार साह , वीरगन्ज १ का विशाल कुमार , वीरगन्ज ८ का राज गुप्ता र वीरगन्ज ५ का प्रज्वल डंगोल रहेका छन् ।

उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

 

 

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily