Aadarsh-Daily

स्वास्थ्यकर्मी पुजा यादवले जन्मदिनको अवसरमा मानवसेवा आश्रममा खाद्यान्न वितरण

ad-4p
content left

वीरगन्ज, १८ भदौ ।
स्वास्थ्यकर्मी पुजा यादवले आफ्नो जन्मदिनको अवसरमा आज वीरगन्ज श्रीसिया स्थित मानवसेवा आश्रममा खाद्यान्न वितरण गर्नुभएको छ ।
जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ मा अवस्थित बिजबनिय बर्थिङ्ग सेन्टरमा कार्यरत अनमी पुजाले जन्मदिनमा गरिने फजूल खर्चलाई न्यूनिकरण गर्दै मानव सेवालाई प्राथमिकतामा राख्दै खाद्यन्न वितरण बताउनुभयो ।
आफु स्वास्थ्यकर्मी भएर अरुको जीवन रक्षामा तल्लिन रहँदा जन्मदिनमा फुजुल खर्च भन्दा पनि दीनदुःखी असहायलाई खाद्यान्न प्रदान गरेर एक जनाको एक छाकको पेट भर्न सक्नुमा आफु खुसीको अनुभुति गरेको बताउनुभयो ।
सेवा नै धर्म हो, खुशिका लागि सेवा भन्ने उद्देश्य सहित आफ्नी छोरी अगाडी बढे्को र सामाजिक सेवाका काम गर्न पाउदा आफुलाई पनि अत्यन्तै खुशि लागेको पुजाकी आमा रजनी यादवले बताउनुभयो ।
सेवा नै धर्म भएकाले खाद्यन्न सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिदै मानव सेवा आश्रमका प्रतिनिधि दिपेश मानवसेवाले पुजाको उज्जवल भबिष्यको कामना गर्दै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो ।
उक्त अवसरमा नारायणी एफ.एमका रन्जित यादव, वीरगन्ज सञ्जालका सञ्चालक कृष्णा श्रीवास्तव, रामनिवास पटेल, शुशिल यादव लगायतको उपस्थिति रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily

मधेशमा जंक फूडमाथि कडाइको प्रस्ताव, नीति ल्याउन दबाब

Aadarsh Daily

सम्पत्ति छानबिन समिति अझै बनेन, १५ दिने प्रतिबद्धता अपूरो

Aadarsh Daily