Aadarsh-Daily

बहुदरमाईका युवाहरु द्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

ad-4p

बहुदरमाई युवा समाजको आयोजनामा आज शनिबार पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ ड़ोकैला बहुअरीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बहुदरमाई युवा समाजको अध्यक्ष कृष्ण कुशवाहा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा ५०  जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुखले जानकारी दिए ।

content ad p2
content left

उक्त रक्तदान कार्यक्रममा पुग्नुभएका ईलका प्रहरी कार्यलय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीले रक्तदान गर्नेहरुलाई रगत जम्मा हुने प्याकेट दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । कार्यक्रमलाई शुभारम्भ गर्दै प्रहरी निरीक्षक केसीले रक्तदान जीवनको सबै भन्दा ठुलो दान भएकोले सबैले रक्तदान गर्नुपर्ने कुरामा जोड दिनुभयो। त्यसैगरी बहुदरमाई नगरपालिकाका मेयर प्रत्यासी युवा नेता शिव पटेलले प्रत्येक व्यक्तिले तिन तिन महिनामा रक्तदान गर्ने बताउनुभयो ।उहाले तपाइहरुको एक एक थोपा रगतले कसैको ज्यान बचाउने बताउनुभयो । उहाले बिना कुनै डरत्रासको रक्तदान गर्नुपर्ने बताउनुभयो ।

रक्तदान गर्ने क्रममा मुन्ना पटेल, दिनेश यादव, राकेश तिवारी, सुवास प्रजापति, बिशाल ठाकुर लगायतका रहेका थिए । कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राबिधिक टोलीले सहयोग गरेको थियो भने सो अवसरमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य शिव पटेल, युवा नेता बिकाश यादव,  चन्दन यादव युवा समाजका सदस्य लगायत स्थानिय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily