Aadarsh-Daily

बहुदरमाईमा , सांसद गुप्ता द्वारा एमालेको पार्टी कार्यालय उद्घाटन

ad-4p

बहुदरमाई नगरपालिका – ४ डकैलाबहुअरी चोकमा स्थापित कार्यालयको आज उद्घाटन गरिएको हो । पार्टी कार्यालयको प्रमुख अतिथि एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ताले रिबन काटेर उद्घाटन गरेका छन् ।

content ad p2
content left

कार्यालय उद्घाटन गर्दै नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका गुप्ताले समाजलाई सबल, सक्षम र समृद्ध बनाउन मिसनका साथ अगाडि बढिरहेको पार्टीले कार्यालय स्थापना गरेसँगै एउटा नयाँ उँचाइ पाएको बताए । पार्टीका नेता कार्यकर्तादेखि आम सर्वसाधारणलाई समेत आफ्नो समस्या राख्न र गुनासो पोख्ने ठाउँका रूपमा पार्टी कार्यालयको प्रयोग गरिने उनले बताए ।

उद्घाटन कार्यालयमा एमालेका उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष स्व. सुभाषचन्द्र नेम्वाङ प्रति श्रद्धाञ्जली पनि अर्पण गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सल्लाहकार समितिका सदस्य शिव पटेल, बहुदरमाई नगरपालिकाकी उपमेयर सुषमा कुमार कुशवाहा, पार्टीका केन्द्रीय सदस्य अरविन्द सिंह, नेकपा एमाले बहुदरमाई नगर कमिटीका अध्यक्ष प्रमोद कुशवाहा, जिल्ला समन्वय समिति पर्साका उपसभापति पूरण कुर्मीलगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily