Aadarsh-Daily

वीरगञ्जमा समुदायिक विद्यालय बन्द गरी सद्भाव र्‍याली

ad-4p

केही दिनदेखि मलंगवाको अवस्था तनावपूर्ण बन्दै गएपछि वीरगञ्जमा सद्भाव र्‍याली निकालिएको छ । मलंगवा घटनाको विरोधमा हिन्दूवादी संगठनहरुले शुक्रबार विरोध प्रर्दशन गरी शनिबार वीरगञ्ज बन्द गरेपछि अवस्थालाई सामान्य बनाउन सद्भाव र्‍याली निकालिएको छ ।

content ad p2

वीरगञ्जको अवस्थालाई सम्प्रदायिक बनाउन खोज्ने केही तत्वहरु सक्रिय भएको भन्दै वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गरी सद्भाव ¥यालीमा सहभागी हुन अनुरोध गरेको थियो । वीरगञ्ज महानगरपालिकाद्वारा जारी गरिएको सूचनामा महानगरपालिकाका सबै कर्मचारी तथा विद्यालयका सबै शिक्षकहरुलाई र्‍यालीमा अनिवार्य रुपमा उपस्थित हुन भनिएको थियो । जसमा विद्यालय बन्द गरेर सबै शिक्षक शिक्षिकाहरु पुगेका थिए ।

केही हप्ता अगाडि पेशागत अधिकारका लागि संघर्षरत शिक्षकहरुलाई अविलम्ब कारबाही गर्ने महानगरले नै विद्यालय बन्द गरेर र्‍यालीमा सहभागी गराउनु कतिको उचित भएको भन्दै एक शिक्षिकाले प्रतिप्रश्न गरिन ‘स्थानीय निकायमा जनप्रतिनिधिहरुको तजबिजै कानुन छ, कहिले मेयर साहेब विद्यालय बन्द गर्नेलाई कारबाही गर्ने सूचना जारी गर्नुहुन्छ ,कहिले विद्यालय बन्द गरेर जुलुसमा आउ आदेश जारी गर्नुहुन्छ ।’ वीरगञ्जको आदर्शनगर स्थित स्विमीङ् पुलबाट सुरु भएको र्‍याली बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा पुगेपछि कोणसभामा परिणत भएको थियो ।

content left

कोणसभालाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादवले सामाजिक सद्भाव कायम गरेर समाजलाई द्वन्द्वबाट बचाउन अनुरोध गरे । उनले धार्मिक सहिष्णुताको सद् भाव जागृत गरेर जातीय, धार्मिक र अन्य कारणले समाजलाई तोड्नेबाट सतर्क हुन आम नगरबासीलाई सुझाव दिए । यहाँकै जनताको मतबाट दुई पटक सांसदमा निर्वाचित हुँदासम्म कहिल्यै पनि धार्मिक विभेद नभएको बताउँदै सांसद यादवले पछिल्लो समयमा सामाजिक सञ्जालमार्फत भइरहेका उच्छृंखल गतिविधिको भत्र्सना गरे ।

नेकपा एमाले पर्साका संयोजक डा. विशंभर शर्माले आपसी भाइचारा बिथोल्ने गरी बढ्दै गएको गतिविधिप्रति चिन्ता व्यक्त गरे । समुदायलाई उक्साहटमा ल्याएर सद्भाव बिगार्ने र शान्ति प्रक्रियामा खलल गर्नेहरुलाई कानुनको दायराभित्र ल्याइ कारबाही गर्न उनले प्रशासनको ध्यानाकर्षण समेत गराए ।

सोही अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले धर्म निरपेक्ष राष्ट्रमा कसैले पनि कसैलाई जबर्जस्ती गर्न नहुने बताउँदै सद्भाव बिगार्ने तत्वलाई कारबाही गर्नुपर्ने जिकिर गरे । उनले गृहमन्त्रालयमा विज्ञप्ति पठाएर सुरक्षा निकायलाई परिपत्र गर्ने आश्वासन दिए ।

र्‍यालीमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन साह सोनार, नेकपा एकीकृत समाजवादी पार्टी पर्साका अध्यक्ष बालगोपाल थापा, नेकपा एमालेका नेता जालिम मियाँ, जनमत पार्टीका नेता शशीकपुर मियाँ, जसपाका नेता प्रेमबाबु पटेल, जसपा वीरगञ्ज महानगरका अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टी वीरगञ्ज महानगरका अध्यक्ष मनोज चौधरी लगायत विभिन्न राजनीतिक दलका नेता एवम् कार्यकताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily