Aadarsh-Daily

आगामी वैशाख दोस्रो साताबाट कक्षा १२ को परीक्षा

ad-4p

वीरगञ्ज । राष्ट्रिय परीक्षा बोर्डले चालू शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।

content ad p2

बोर्डले मङ्गलवार वार्षिक कार्य तालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ वैशाख दोस्रोदेखि सञ्चालन गरिने सूचना जारी गरेको हो ।

content left

परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्र पूरक परीक्षा गर्ने बोर्डको कार्य तालिका छ । नतिजा २०८१ साउन तेस्रो साताभित्र सार्वजनिक गरिनेछ ।

कक्षा १२ को परीक्षा फाराम १ पुसबाट खुलाएर १५ माघभित्र अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्य तालिका बोर्डले सार्वजनिक गरेको छ ।

कक्षा ११ को परीक्षा विद्यालयले २०८१ जेठ पहिलो सातामा गर्नुपर्ने बोर्डले सूचनामा उल्लेख गरेको छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम १५ पुसबाट खुलाएर १५ माघसम्म भर्ने समयावधि तोकिएको छ ।

 

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily