Aadarsh-Daily

  नेपाल सरकारले १० अर्ब आन्तरिक ऋण उठाउँदै

ad-4p

नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । १८ साउन बिहीबार विकास ऋणपत्र बोलकबोल मार्फत ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको हो ।

content ad p2

विकास ऋणपत्र २०८८ ‘ङ’ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल १८ असोजमा र निष्कासन १९ असोजमा हुनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ‘कट अफ’ ब्याजदरलाई एकल ब्याजदर कायम हुने राष्ट्र बैंकले जनाएको छ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।

content left

ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेश गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ ।

ऋणपत्रको ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी हुनेछ भने आर्जित ब्याजमा ब्याजकर लाग्नेछ । ऋणपत्र प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशतले हुने ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट हुनेछ ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा बोलकबोल पेश गर्नुपर्नेछ । ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् ।

नेपाल सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । जसमध्ये प्रथम त्रैमामासमा ५५ अर्ब आन्तरिक ऋण उठाउन गरी आन्तरिक ऋण बोलकबोल तालिका ल्याएको थियो । सरकारले स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत निक्षेप गणना गर्न दिने भएपछि असोजभित्रै ८० अर्ब आन्तरिक ऋण उठाउने गरी तालिका संशोधन ग¥यो । हालसम्म सरकारले ट्रेजरी बिल मार्फत ५ अर्ब र विकास ऋणपत्र मार्फत ७२ अबर्् ३१ करोड गरी ७७ अर्ब ३१ करोड आन्तरिक ऋण परिचालन गरीसकेको छ । बिहीबार १० अर्बको विकास ऋणपत्र बोलकबोल गर्दा ८० अर्बबाट पनि उक्त सीमा नाघ्नेछ ।

चालु आर्थिक वर्षमा ७२ अर्ब ३१ करोड बराबरको विकास ऋणपत्र बोलकबोल हुँदा औसत ब्याजदर ६.९७ प्रतिशत छ । राष्ट्र बैंकले १४ असोजमा १३ अर्ब १० करोडको विकास ऋणपत्र बोलकबोल गर्दा त्यसको ब्याजदर ७ प्रतिशत कायम भएको थियो ।

 

 

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily