Aadarsh-Daily

विवेकशील साझा पार्टी द्धारा राष्ट्रपतिलाई सुझाव संवैधानिक संस्थाहरूको गरिमा बचाउनुस्

ad-4p

राष्ट्रपति रामचन्द्र पौडेलसँग विवेकशील साझा पार्टीका पदाधिकारीले भेटेर ‘संघीय लोकतान्त्रिक गणतन्त्र सम्बर्धन अभियान’ बारे जानकारी गराएको छ ।

content ad p2

पार्टी अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा.सुशील साह सम्मिलित प्रतिनिधि मण्डलले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संबर्धनका लागि यसका आधार स्तम्भहरु राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा बचाइराख्न राष्ट्रपतिलाई विशेष ध्यानाकर्षण गराएको हो।

content left

लोकतन्त्रको संस्थागत विकास र नागरिकको सम्वृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भएकाले ती संस्थाहरुलाई दलियकरणवाट मुक्त गर्नु पर्ने विवेकशील साझा पार्टीको ठहर राष्ट्रपतिलाई अवगत गराएको थियो।

प्रतिनिधि मण्डलले संविधानको रक्षार्थ र प्रभावकारी कार्यान्वयनमा जोड दिंदै सबै दलहरुलाई राष्ट्रिय सहमतिमा ल्याउने पहलकदमीका लागि भूमिका निर्वाहका लागि अनुरोधसमेत गरेको छ ।

भेटका क्रममा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र सम्वर्धन गरेर मुलुकको सम्वृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए । 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily