Aadarsh-Daily

 चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन

ad-4p

बीरगंज । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको छ । चिनियाँ मिडियाहरुले उनको हृदयाघातका कारण निधन भएको जनाएका छन् ।

content ad p2
content left

चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले विहीबार मध्यरातमा उनलाई हृदयघात भएको जनाएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले लीलाई अक्टुबर २६ को दिन अचानक हृदयाघात भएको र अक्टुबर २७ को दिन स्थानीय समयअनुसार राति १२ बजेर १० मिनेटमा निधन भएको जनाएको छ ।

६८ वर्षीय नेता ली गत मार्च महिनामा मात्र प्रधानमन्त्रीको दोस्रो कार्यकाल पूरा गरेर बिदा भएका थिए । राष्ट्रपति सी जिनफिङपछि सत्तारूढ कम्युनिस्ट पार्टी अफ चाइनाका दोस्रो वरियतामा रहेका ली पछिल्लो समय सांघाइमा बस्दै आएका थिए । ली खछ्याङ सन् २०१३ मा चीनको प्रधानमन्त्री बनेका थिए । उनी चिनियाँ क्याबिनेटको स्टेट काउन्सिल प्रमुख थिए ।

 

 

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily