Aadarsh-Daily

बुद्धले ल्यायो नयाँ जहाज, एक महिनाभित्र उडान थाल्ने

ad-4p

बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। बुद्धले नाइनएन- एओसी कलसाइन रहेकाे एटिआर-७२ जहाज शुक्रबार भित्र्याएकाे हाे।

content ad p2

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ।

content left

योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ। बुद्ध एयरसँग हाल तीन वटा एटिआर–४२–३२० र १४ वटा एटिआर–७२–५०० जहाज छन्।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ।
उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुहरूले आफ्नो समय अनुकूल उडान भर्न सक्नेछन्,’ बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले भने।
थपिएको जहाजका कारण नियमित मर्मत सम्भारमा पनि सहयोग हुने कम्पनीले जनाएको छ।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ। त्यसैगरी अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसी उडान भरिरहेको छ।

 

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily