
वीरगञ्ज । भारतबाट अवैध तरिकाले भित्रिएको एक ट्याक्टर धान स्थानीयहरूले लुटेका छन् ।

पर्साको छिपहरमाई गाउँपालिकास्थित भेडिअर्वा टिउकीका स्थानीयहरूले प्रहरीको नियन्त्रणमा रहेको धान स्थानीयहरूले लुटेका हुन् ।
भारतको वसन्तपुर नाकासँग जोडिएको पर्साको भेडिअर्वा हुँदै बुधवार धान लोड रहेको ट्याक्टर नेपाल भित्रिएको ट्याक्टर सशस्त्र प्रहरीले चेकजाँच गरिरहेको बेला स्थानीयहरूले लुटपाट गरेर आफ्नो घर लागेको बुझिएको छ ।
घटनाबारे बुझ्न सुवेदीलाई सशस्त्र प्रहरी गण नम्बर १३ वीरगञ्जमा तानिएको छ र उनको ठाउँमा कपिल गिरीलाई पठाइएको सशस्त्र प्रहरी उपरीक्षक कृष्ण कर्माचार्यले जानकारी दिए ।

