Aadarsh-Daily

पर्सागढी नगरपालिकामा कार्यपालिकाको बैठकअगावै एकजना वडाध्यक्ष द्धारा सिसिटिभी क्यामरा तोडफोड

ad-4p

पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले हिजो कात्तिक २२ गते कार्यपालिकाको बैठकअगावै एकजना वडाध्यक्षले सिसिटिभी क्यामरा तोडफोड गरेर नष्ट गरेकामा बिहीवार पत्रकार सम्मेलन गरेर खेद प्रकट गरेका छन् ।

content ad p2

हिजो बिहान ८ बजे बोलाइएको बैठक डेढ घण्टा ढिलो सञ्चालन भएको र नगरपालिकाको सभाहलमा रहेका तीन थान सिसिटिभी क्यामरा तोडफोड गरिएको कुरा कार्यपालिका सदस्यहरूबाट दिउँसो २ बजे थाहा पाएको उनले बताए ।

content left

उनले वडाध्यक्ष नवलकिशोरप्रसाद साह कलवारले सिसिटिभी क्यामरा तोडफोड गरेको फुटेज रेकर्डबाट देखिएको दाबी गर्दै उनीमाथि मुलुकी अपराध संहिता अनुसार कारबाईको लागि प्रहरी र प्रशासनमा लेखी पठाउने निर्णय भएको बताए । सिसिटिभी तोडफोड गरिंदा अर्का वडाध्यक्ष शङ्कर रायभर बैठकमा सहभागी रहेको उनले बताए ।

नगरप्रमुख पाठकले सिसिटिभी क्यामरा तोडफोड गर्नुको उद्देश्य बैठकमा अमर्यादित गतिविधि गर्नु रहेको बताए । आरोपित कलवार स्वतन्त्रबाट वडाध्यक्षमा विजयी भएका हुन् ।

पत्रकार सम्मेलनमा उपप्रमुख पूजा चौधरी, वडाध्यक्षद्वय राजकपूर खवास र वीरेन्द्र महतो, कार्यपालिका सदस्यहरू सीतादेवी लामा, सविता गिरी, मोहनलाल महतो, दिलबहादुर भुजेललगायत सहभागी थिए ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily