Aadarsh-Daily

प्रहरीले नष्ट गर्यो आठ लाख मुल्यको पटाका

ad-4p

वीरगन्ज,२४कार्तिक : वीरगन्जमा प्रहरीले बरामद गरेको पटाका र पटाकाजन्य पदार्थहरु खाल्डोमा पुरेर नष्ट गरेको छ । वीरगन्जको विभिन्न स्थानबाट बरामद गरिएका पटाका र पटाकाजन्य विस्फोटक पदार्थहरू शुक्रबार प्रहरीले नष्ट गरेको हो ।

content ad p2
content left

शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्सा पछाडि रहेको पोखरीको डिलमा खाल्डो खनेर विभिन्न मितिमा विभिन्न स्थानका प्रहरी युनिटहरूले पक्राउ गरेको पटाका, आतिशबाजी र विस्फोटक पदार्थहरू नष्ट गरिएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार नष्ट गरिएको पटाकालगायतका सामग्रीको बजार मूल्य झन्डै आठ लाख रुपैयाँ रहेको छ ।चाडपर्व लक्षित सुरक्षा योजना अनुरूप खटिएको प्रहरी टोलीले भारतबाट लुकाइ छिपाई ल्याइएको तथा वेवारिसे अवस्थामा समेत बरामद गरिएको पटाकालगायतका सामग्रीहरू नष्ट गरिएको थापाले बताए ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily