Aadarsh-Daily

पर्साबाट भूकम्प पीडितहरूको राहतका लागि नेविसङ्घले पठायो ५२ हजार ७ सय रुपैयाँ

ad-4p

वीरगञ्ज । जाजरकोटमा गएको विनाशकारी भूकम्प प्रभावित क्षेत्रका पीडितहरूको राहतका लागि नेपाल विद्यार्थी सङ्घ पर्साले ५२ हजार ७ सय रुपैयाँको आर्थिक सहयोग गरेको छ ।

content ad p2
content left

वीरगञ्जका विभिन्न सङ्घ संस्था र व्यक्तिहरूबाट चन्दा सङ्कलन गरेर भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग गरिएको नेविसङ्घ पर्साका सभापति रमेश यादवले बताए ।

विभिन्न सङ्घसंस्था र व्यक्तिका साथै नेवि सङ्घका सदस्यबाट समेत गरी ५२ हजार ७ सय रुपैयाँ भूकम्प पीडित राहत कोषको खातामा जम्मा गरिएको यादवले जानकारी गराए ।

यादवका अनुसार आन्तरिक राजश्व कार्यालय वीरगञ्जले १० हजार, नारायणी अस्पतालका निमित्त मेसु डा. चित्तरञ्जन साहले १० हजार, क्वेष्ट फर्मास्युटिकल्सले ७ हजार ५ सय, वीरगञ्ज – १ का वडाध्यक्ष मनोज राउत कुर्मीले ५ हजार १ सय, नारायणी अस्पतालका डाक्टर नीरज सिंहले ५ हजार, काङ्ग्रेसका युवा नेता राकेश यादवले २ हजार ५ सय र जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाले १ हजार ५ सय गरी १८ जनाबाट कुल ५२ हजार ७ सय रुपैयाँ सङ्कलन गरी शुक्रवार कोषको खातामा जम्मा गरिएको यादवले जानकारी दिए ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily