Aadarsh-Daily

हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

ad-4p

मकवानपुरको हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा सोमबार राती एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ राप्ति पुल नजिक तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा हेटौंडा-४ घर भएका २२ वर्षका महेन थापा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

content ad p2
content left

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार आइतबार राति ११ बजे हेटौंडाको बुद्ध चोकबाट नवलपुरतर्फ जाँदै गरेको  ना ६५ प ७०५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा  मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए ।

घाइतेमध्ये मोटरसाइकल चालक मगरको मृत्यु भएको हो । उनको उपचारको क्रममा सोमबार राति एकबजे हेटौंडा अस्पतालमा मृत्यु भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

यसैगरी दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा-२ संगमचोक बस्ने १८ वर्षकी बेबिसा खड्की र हेटौंडा-५ गर्दोइकी १९ वर्षकी बिनिता थापा घाइते भएका छन् ।गम्भीर घाइते खड्कीको थप उपचारको लागी भरतपुर पठाइएको र अर्का घाइते थापा सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रवक्ता भण्डारीले बताए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily