
बारा । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा रहेको श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।

बिगत ४ साल देखि परवानीपुर चौक स्थित श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्राहकहरुलाई सेवा दिदैआइ रहेका थिए र आफनो अर्को न्या भवन परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा सोमबार उद्घाटन गरिएको छ ।
श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष रोशन कुमार गुप्ता र प्रमुख अतिथी हरेराम पटेलले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।
यस कार्यक्रममा रितिका साह , सोभा, अर्जुन पासवान , सिधान्त पटेल, कृति चौरसिया र सयौं शेयरधारक तथा संचारकर्मी रामनिवास पटेल , उपेन्द्र साह लगाएतका उपस्थिति रहेको थियो। ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले न्या भवनको निर्माण गरिएको संस्थाका CEO चन्दन गुप्ताले जानकारी दिएका छन् ।

