Aadarsh-Daily

इजरायल र हमासबीच जारी युद्धमा हालसम्म १८ हजार भन्दा बढी मानिस मारिए

ad-4p

इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी युद्धमा हालसम्म १८ हजार भन्दा बढी मानिस मारिएका छन् ।

content ad p2
content left

गाजाको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल कुद्राले शुक्रबार मात्रै इजरायली आक्रमणमा परी कम्तीमा १७९ जनाको मृत्यु भएको र ३०३ जना घाइते भएको बताएका छन्।

उनका अनुसार गाजा क्षेत्रका भग्नावशेषमुनि र सडकमा अझै ठूलो सङ्ख्यामा मानिसहरू रहेका छन् । अक्टोबर ७ देखि सुरु भएको युद्धमा अहिलेसम्म मृत्यु हुनेको संख्या १८ हजार ७ सय ८७ पुगेको र ५० हजार ८९७ घाइते भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily