Aadarsh-Daily

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

ad-4p

वीरगञ्ज । रौतहटको गढीमाई नगरपालिमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

content ad p2
content left

गढीमाई नगरपालिका-६ धर्मपुरमा भएको दुर्घटनामा २२ वर्षीय चालक रंजितकुमार पंडितको मृत्यु भएको हो ।

माधवनारायण नगरपालिका-३ का २२ वर्षीय पंडित सो ट्रयाक्टरका साहु समेत हुन् । उनी आफैंले चलाइरहेको ट्रयाक्टर वाग्मती नदीको पुल नजिक भित्री सडक खण्डमा पल्टिएको थियो ।

वाग्मती नदीबाट बालुवा बोकेर धर्मपुरतर्फ आउँदै गरेको ना२त ८५०८ नम्बरको सो ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily