Aadarsh-Daily

राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य नगर्न-सत्ता गठबन्धनमा

ad-4p

सत्तारुढ गठबन्धनले राष्ट्रियसभा चुनावमा नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा सहभागी प्रमुख चार दलको बैठकले राष्ट्रियसभा चुनाव हुने सिटमा गठबन्धनभित्रकै दलबीच भागवण्डा गरेर चुनाव लड्ने समझदारी गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।

content ad p2
content left

उनका अनुसार ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि एमालेसँग सहमतिको सम्भावना सकिएको छ ।
‘अहिले त्यो विषय (एमालेसँग सहकार्यको) छैन, गठबन्धनकैबीचमा सिटको बाँडफाँट हुन्छ’, उनले भने, ‘गठबन्धन र सरकारमा सहभागी दलले नै चुनाव लड्छ ।’
बृहत लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि अहिले सम्भव नभएको नेता लेखकले बताए । ‘अहिले प्रमुख प्रतिपक्षले पनि १९ सिटमै चुनाव लड्ने निर्णय गरेको अवस्था भएको हुनाले सत्ता गठबन्धनले पनि गठबन्धनबाटै चुनाव लड्छ’, उनले भने ।

सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटका लागि शनिबार नै ४ बजे छलफल हुने भएको छ । दिउँसो ४ बजे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच छलफल हुने र त्यसपछि ५ बजे सरकारमा सहभागी र सरकारलाई समर्थन गरेका अरु दलहरुको पनि छलफल हुने नेताहरुले बताएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily