Aadarsh-Daily

हुलास स्टिलले बक्याैता नतिरेपछि बिजुली काटियाे

ad-4p

वीरगंज । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रकं लाइनबाट विद्युत् आपूर्ति लिएको थप एक उद्योगको बिजुली काटेको छ । प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित हुलास स्टिलको बिजुली सोमबार बिहान काटेको हो ।

content ad p2
content left

हुलासकाे बक्यौता रकम ४३ करोड २४ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएकाे छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको हाे । यसमध्ये हिमाल आइरन एन्ड स्टीलले ८ कराेड १२ लाख रुपैयाँ बक्याैतामध्ये २७ लाख १० हजार रुपैयाँ तिरेसँगै लाइन जाेडिदिएकाे प्राधिकरणले जनाएकाे छ ।

पुस ५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला उद्योगको बिजुली काटेर भ एपनि बक्यौता उठाउन निर्देशन दिएका थिए । निर्देशनलगत्तै प्राधिकरणले जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स,घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो ।

पुस ८ मा लक्ष्मी स्टिल, सर्वोत्तम सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल, र सोनापुर मिनरल्स एन्ड आयल उद्योगको बिजुली काटेको थियो । पुस १३ मा बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एन्ड स्टिल, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन, एभरेस्ट पेपर मिल, कसमस सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी इस्पातको लाइन काटिएको छ ।

 

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily